सिमाँकन, सरकार र नागरिक

 सत्ताको मोहका लागि जस्तो पनि निर्णय गर्ने बिगतका केही सरकारहरुको सामान्य कमजोरीका कारण आज पहाड भन्दा  तराईको जनजीवन दिनहुँजसो समस्यामा पर्दै आएको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको २०६२ ÷ ६३ को जनआन्दोलन र त्यो सँगै देखिएका धर्मनिरपेक्षता, संघियता लगायतका बिषयहरु सँगै निकै ओझिलो बनेको नागरिकता बितरणलाई सामान्य रुपमा लिदै भोलीको ख्याल नराखेर आन्दोलन हाँकेका दलहरु र नेताहरु अmँझै गम्भिर हुन नसक्नु निकै लाजमर्दो कुरा हो ।
तराईमा अनियन्त्रीत रुपमा बितरण गरिएको नागरिकता त्यो सँगै उठेको अहिलेको सिमाँकन बिवाद अनि निर्णय गर्न नसक्ने अवस्थामा पुगेको सरकार यस्ता कुराहरुलाई बेलैमा सम्बोधन र ख्याल गर्न नसकेका कारण आज नेपालको भाईचारा दिनप्रतिदिन संकटमा पर्दै गएको छ ।
सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मी सहित २९ जनाको मृत्यु भैसकेको छ ।     मुलुकको शान्ति सुरक्षा समस्यामा पर्दे आएको छ । संघियता र सिमाँकन केही दलका नेताहरुलाई मात्र त चाहिएको हैन् भन्ने प्रश्न पनि अहिले गम्भिर रुपमा अगाडी देखिएको     छ । यस्तो अवस्थामा सिँगो नेपाल, नेपाली र नेपालको राष्ट्रियता तर्फ निकै चनाखो भएर निर्णय गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार